शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छैठौ कर दिवस : कर्मचारी सुरक्षा सम्बोधन गर्न विशेष योजनाको तयारी

शुक्रबार, ०१ मङ्सिर २०७४, १४ : ५२
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं– सरकारले आन्तरिक राजस्व विभागलाई आवश्यक सबै खालको सेवा र सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले आन्तरिक राजस्व विभागलाई आवश्यक सबै खालको सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । 

छैठौं राष्ट्रिय कर दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कर सेवालाई जनमैत्री बनाउन आवश्यक नीतिगत, कानुनी र प्रशासनिक निर्णय लिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

मुख्य सचिव रेग्मीले राजस्व  विभागका कर्मचारीमाथि हुने सुरक्षा चुनौतिलाई सम्बोधन गर्न विशेष योजना ल्याउन लागिएको जानकारी पनि दिए ।

मुख्य सचिव रेग्मीले राजस्व सेवालाई प्रभावकारी ढंगले संचालन गर्न पनि मातहतका निकायलाई सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप