मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिलायन्सको जीवन बीमा सेवा सुरु

शुक्रबार, ०१ मङ्सिर २०७४, १४ : २९
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं– जीवन बीमाको व्यवसायलाई फराकिलो पार्ने उद्देश्यका साथ रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो सेवा सुरु गरेको छ । नेपालीहरुको आयस्तर बढेको कारण देखाउँदै रिलायन्स इन्स्योरेन्स लिमिटेडले पनि काठमाडौंबाट शुक्रबारदेखि आफ्नो सेवा सुरु गरेको हो । 

कम्पनीले गत कार्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको थियो । आम नेपालीहरुको आयस्तर बढेको र कूलग्राहस्थ उत्पादन पनि उच्च रहेकाले विमा सेवालाई विस्तार गर्नु परेको कम्पनीका अध्यक्ष ताराचन्द केडियाले जानकारी दिए ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले सुरुवातबाटै ३ वटा जीवन विमा योजना संचालनमा ल्याउने जानकारी पनि गराएको कम्पनीका अध्यक्ष ताराचन्द केडियाले बताए ।

कम्पनीमा १ सय १३ जना प्रवद्र्धक रहेका छन । हाल संस्थापकबाट १ अरव ४७ करोड चुक्त पुँजी रहेको र निकट भविष्यमा सर्वसाधारणको लागि ६३ करोड सेयर जारी गर्ने योजना पनि कम्पनीको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा प्रधान कार्यालय रहेको कम्पनीले नेपालभर शाखा संचालन गर्न ढिलाई नगर्ने प्रतिवद्धता पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप