शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

शुक्रबार, ०१ मङ्सिर २०७४, १३ : ४०
शुक्रबार, ०१ मङ्सिर २०७४


भक्तपुर -महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । 

सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

उक्त मोटरसाइकल काठमाडाँै २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडाँै पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप