बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस वर्ल्डमा निकितालाई भोट गर्नु भयो ? अब २४ घण्टा मात्र बाँकी

शुक्रबार, ०१ मङ्सिर २०७४, १३ : ३२
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौंं –चीनको सन्यामा केही साता देखि जारी ‘मिस वर्ल्ड २०१७’को समापन हुँदैछ । देशको प्रतिनिधित्व गर्दै बिस्वभरबाट सहभागी १ सय १८ सुन्दरीहरु मध्यबाट भोलि एकले प्रतियोगीताको ताज पहिरिने छिन् । 

प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छिन् । मिस वल्र्डको ताज नेपाल भित्र्याउने र नयाँ रेकर्ड बनाउने उदेश्यले उनी त्यहाँ पुगेकी हुन् । 

अहिले प्रतियोगीताको अन्तिम चरणमा छिन् । बिभिन्न चरण पार गर्दै टप १५ भित्र पर्नका लागि आफूलाई भोट गर्न उनले अपिल गरेकी छिन् । त्यसैले पनि अहिले उनलाई बिजेता बनाउन संसारभर छरिएर रहेका नेपालीहरु भोट गर्नसक्रिय रुपमा लागि रहेका छन् । निर्णायक मतको लागि भोटिङ पनि महत्वपुर्ण मानिएको छ । चन्दकले पनि आफुलाई भोट गर्न अपिल गरेकी छन् । 

चन्दकलाई भोट गर्ने तरिका जान्न तलको भिडियो हेर्नुहोस्

भोट गर्न मिस वर्ल्डको वेभसाइटमा जानुहोस्
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप