शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

शुक्रबार, ०१ मङ्सिर २०७४, १३ : २४
शुक्रबार, ०१ मङ्सिर २०७४

जाजरकोट - कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ । 

दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बन्नुभएका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नुभएका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित हुनुभएको थियो । 

तत्कालीन क्षेत्र नं १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक÷अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाउनुभएको थियो । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ÷गाउँमा भोट माग्दै हुनुहुन्छ । 

पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उहाँले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिरहनुभएको छ । “हाम्रो राजनीतिक लाइन जसरी अघि बढ्छ त्यसरी नै हामी अगाडि बढ्नुपर्छ” सिंहले भन्नुभयो । 

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेत पनि हिजोका राजनीतिक सम्बन्धलाई अहिले सम्झेर सम्भव नहुने बताउनुहुन्छ । “राजनीतिमा अनेक सम्भावना हुन्छन् । कहिले एकले अर्कालाई हराउनुपर्ने समय आयो भने अहिलेसँगै मिलेर जानुपर्ने भयो,” उहाँले भन्नुभयो, “राजनीतिमा यो नयाँ अनुभव हो । हामी नयाँ अभ्यास गर्दैछौं ।” 

वाम गठबन्धनका कारण जाजरकोट प्रतिनिधिसभा र क्षेत्र नं १ मा९माओवादी केन्द्र०को भागमा परेको छ भने क्षेत्र २ एमालेको भागमा परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप