शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

शुक्रबार, ०१ मङ्सिर २०७४, १० : ३४
शुक्रबार, ०१ मङ्सिर २०७४

पाल्पा -पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन् । 

गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन् । 

गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो । 

यसैबीच, बगनासकाली सामुदायिक रेडियो स्थापनाका लागि वडाध्यक्ष थानेश्वर तिमिल्सिनाको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । 

एफएम रेडियो सञ्चालनका लागि अध्ययन र तयारीका लागि गाउँपालिकाले यसअघि नै रु १५ लाख बजेट विनियोजन गरेको थियो । 

गाउँपालिकाका अनुसार खानीछाप बर्थिङ सेन्टर, बराङदीको शिवासन मन्दिर, खानीगाउँको वडा कार्यालय, पोखराथोकको धारापानी र बगनासडाँडाको कोटघरमा सार्वजनिक शौचालय निर्माण गरिने अध्यक्ष बस्यालले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप