बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिबासमा डेंगु नियन्त्रणको क्रममा

शुक्रबार, ०१ मङ्सिर २०७४, ०९ : ५०
शुक्रबार, ०१ मङ्सिर २०७४

बर्दिबास - महोत्तरीको बर्दिवास नगरपालिकामा बिहीबारसम्म ६ सय ७३ जनामा डेंगु संक्रमित देखिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष कुमार ठाकुरले उक्त पानकारी दिएका हुन् ।

बर्दिबासबाट लगभग ७५ प्रतिशत डेंगु नियन्त्रण भैसकेको र बाँकी २५ प्रतिशत चाँडै नियन्त्रणमा आउने उनले बताए । 

डेंगु भेटिएपछि डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्नको लागि प्रभावित क्षेत्रमा औषधि छर्नेदेखि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोमबारदेखि बिहीबार सम्म ४ दिन फगीङ्ग गरिएको र शुक्रबार आवश्यक ठाँउको पहिचान गरी फगीङ्ग हुने जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीले जनाएको छ । 

-निकेश खनाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप