बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रूखबाट लडेर वृद्धाको मृत्यु

शुक्रबार, ०१ मङ्सिर २०७४, ०८ : ५५
शुक्रबार, ०१ मङ्सिर २०७४

बैतडी - रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महराको मृत्यु भएको हो ।

बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस, स्याउला काट्न भनी गएकी कलावती एक्कासि लडेर गम्भीर घाइते भएकी थिइन् । 

घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप