शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

शुक्रबार, ०१ मङ्सिर २०७४, ०८ : ४०
शुक्रबार, ०१ मङ्सिर २०७४

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । आजको कारोबारमा खबर छ ।

२ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्चुरी कमर्सियल बैंकमा गएपछि उक्त पद पनि छोड्नु पर्नेछ ।

एसोसिएसनको विधानअनुसार कार्यसमितिमा व्यक्ति नभइ बैंकको प्रतिनिधित्व हुने भएकाले बैंक छाडेको व्यक्ति एसोशिएसनमा बहाल रहँदैन । तर, कसैको अब्जेक्सन नभएको खण्डमा अध्यक्षले नै दोहो¥याउन सक्ने व्यवस्था पनि रहेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

“कार्यसमितिले निर्णय गरी सम्पूर्ण सदस्यहरू सहमत भएको खण्डमा अध्यक्ष परिवर्तन नहुन पनि सक्छ,” शर्माले भने, “सहमति हुन नसकेको खण्डमा अध्यक्षको लागि साधारणसभा नै बोलाउनु पर्छ ।” तर, एसोसिएसनको अन्य पदका लागि भने कार्यसमितिले नै निर्णय गर्न सक्ने व्यवस्था बिधानमा रहेको शर्माले बताए ।

अनिलकेशरी शाहले औपचारिक रूपमा मेगा बैंक नछाडेकाले अध्यक्ष पद कायम रहेको उल्लेख गर्दै शर्माले भने, “उहाँले औपचारिक रूपमा छाडेपछि एसोसिएसले साधारणसभा बोलाइ नयाँ निर्णय गर्नेछ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप