शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राणालाई भोट माग्दै नायिका पुगिन् माझीगाउँ

शुक्रबार, ०१ मङ्सिर २०७४, ०६ : ४६
शुक्रबार, ०१ मङ्सिर २०७४

माझीगाउँ (सिन्धुपाल्चोक) - नायिका रेखा थापा बिहीबार साँगाचोक भीमटारस्थित पिछडिएका अल्पसंख्यक समुदाय माझीगाउँमा भेटिइन् ।

उनले गाउँलेहरुसँग भलाकुसारी गरिन् । सन्चोबिसन्चो सोध्दै गाउँका दुखसुख सोधिन् । केटाकेटीसँग पढाइबारे जानकारी लिइन् ।

इन्द्रावती नदीको यो सुन्दर गाउँमा उनी फिल्म सुटिङका लागि भने आएकी थिइनन् ।

केही समय फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा यहाँ आइपुगेकी हुन् ।

उनी राप्रपा प्रजातान्त्रिककी सहमहामन्त्री पनि हुन् । पार्टी अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्याको प्रतिस्पर्धामा छन् ।

त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो । आजको नागरिकमा ध्रुव दंगालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप