शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सौन्दर्य क्षेत्रमा आवश्यक जडीबुटी उत्पादनमा जोड

बिहीबार, ३० कात्तिक २०७४, २१ : १५
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौँ – सौन्दर्य कला व्यवसायी संघको नवौँ महाधिवेशनले कमला श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

संघको आज सम्पन्न महाधिवेशनले पाँच उपाध्यक्षमा मीना प्रधान, सपना कुँवर, नीरा योञ्जन, लीला राई र मिलन आले मगरलाई चुनेको छ । समितिमा ११ सदस्य छन् । अध्यक्षले चार केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था छ । 


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महाधिवेशनको उद्घाटन गर्दै समाजमा अधिकांश महिला आर्थिक पहुँचबाट बाहिर रहेका कारण उनीहरु अनेक प्रकारका हिंसाको शिकार हुनुपरेको बताउँदै यस क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीका हकहित र अधिकारलाई संरक्षण गर्न आफू क्रियाशील रहने बताए ।
 व्यवसायी निशा गौतमले विद्यालय कलेजदेखि नै सो विषयमा अध्यापन गराउनुपर्ने तथा विभिन्न जडीबुटीको खेती गरी सौन्दर्य क्षेत्रलाई आवश्यक पर्ने शृंगारका सामग्री स्वदेशमा नै उत्पादन गर्न निजी क्षेत्रसँग समन्वयको अपेक्षा गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप