शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की कांग्रेसका उमेदवार भन्छन्, ‘जनता झुक्याउन कम्युनिष्ट गठबन्धन’

बिहीबार, ३० कात्तिक २०७४, २० : ५०
बिहीबार, ३० कात्तिक २०७४

पोखरा – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसमा सदस्य उम्मेदवार बनेका काँग्रेस नेता देवराज चालिसेले कम्युनिष्टहरुले गठबन्धनको नाममा जनता झुक्याउने काम गरेको बताएका छन् । विहिबार मतदाताहरुसँग भेटघाट गर्दै उनले चुनावी प्रयोजनका लागि मात्रै उनीहरु मिलेजस्तो गरेर जनतालाई धोका दिन लागेका बताए । 


भोट माग्नकै लागि एमाले माओबादीको गठबन्धन भएको हो । चुनावी नतिजापछि तितरवितर हुन्छन्, उनले भने– कम्युनिष्टहरुले स्थीर सरकार दिन सक्दैनन् । त्यो जिम्मेवार काँग्रेससँग छ ।’ आँफु चुनावका लागि मात्रै नभई चुनावपछिका जनताका समस्यामा पनि सँधै साथ रहने चालिसेको प्रतिबद्धता छ । भोट माग्नका लागि मात्रै हामी तपाईँहरुको घर डुलेका हैनौं । यहाँको समस्या बुझ्न पनि आएका हौं, उनी भन्छन्–काँग्रेसका उम्मेदवारले चुनाव जित्नेमा ढुक्क छु । नजितेपनि तपाईँहरुको साथ छोड्दैनौं ।’ 


नेता चालिसेले कम्युनिष्टको चिल्ला कुरामा नफस्न मतदातासँग आग्रह गरे । देशको स्थायित्व र भविष्यका लागि काँग्रेसको विकल्प नेपालमै नभएको उनको जीकिर छ । ‘लोकतन्त्रबादीहरु एकजुट भए कुनै शक्तिको ताकतले पराजीत गर्न सक्दैनन, उनले भने–अहिले हामी एकजुट हुनुपर्ने अवस्था आएको छ । हाम्रो ऐक्यवद्धताले कम्युनिष्टहरु थर्थराउने छन् ।’ चालिसेले विहिबार पुन समाजको कार्यक्रमलाई सम्बोधन गरेका थिए भने पोखरा १७ का विभिन्न टोलहरुको घरदैलोमा सहभागी थिए । 

एक भोट दिनुस्, समृद्धी हामी दिन्छौं–थापा
कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले नेपाली काँग्रेसको लक्ष्य नै देशको समृद्धी र विकास भएको बताएका छन् । विहिबार पोखरा ११ स्थित पुन समाज घरमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको स्थायित्व र विकासको पर्याय नै काँग्रेस भएको बताए । तपाईँले दिनुभएको एक भोटले काँग्रेसका उम्मेदवारले जित्छन् । एक सिटले काँग्रेसको सरकार बन्न सक्छ, उनले भने–काँग्रेसको हारले देशमा विकास रोकिन्छ । आर्थिक अवस्था लथालिङ्ग हुन्छ ।’ 


उनले पोखरालाई सुरक्षित र हरियाली शहरका रुपमा स्थापित गरेर पर्यटकका लागि आकर्षक बनाउने प्रतिबद्धता जनाए । पोखराको विकास कसरी गर्ने त्यो भिजन मसँग छ । मैले धेरै ठाउँमा आफ्ना बिचार राखिसकेको छु, उनी भन्छन्–नीति निर्माण तहमा मलाई पु¥याउनु भयो भने त्यो कार्यान्वयन गर्ने अवसर पाउँछु । तपाईँको सेवा गर्न तत्पर छु ।’ उनले भ्रष्टाचार मुक्त समाज तयार गर्न दत्तचित्त भएर लागिपर्ने बताए । थापाले विहिबार नै थकाली समाजका सदस्यहरुसँग पनि भेटघाट गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप