शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले नयाँ मतदातालाई परिचयपत्र वितरण  गर्ने (हेर्नुस विज्ञप्ति सहित)

बिहीबार, ३० कात्तिक २०७४, १९ : २४
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकी तथा नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । 

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रबाट मतदान गर्न पाईने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

प्रवक्ता ढकालका अनुसार २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका, स्थानीय तहको निर्वाचनको अवसरमा वितरण गरिएको अवस्थामा मतदाता परिचयपत्र नलिएका तथा गत भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पत्र पाउने छन् । 

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मंसिर ८ र ९ गते तथा दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मंसिर १९ र २० गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मतदाता परिचयपत्र वितरण गरिने व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप