शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा पार्टी परित्याग गर्दै गठबन्धनमा जानेको लर्को (हेर्नुस नामावली सहित)

बिहीबार, ३० कात्तिक २०७४, १८ : २२
बिहीबार, ३० कात्तिक २०७४

कुमार  सञ्जय
रौतहट – प्रतिनिधीसभा तथा बिधानसभाको निर्वाचन नजिकिदै जाँदा रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत बिभिन्न पार्टी परित्याग गरी दर्जनौं मानिस बाम गठबन्धनमा प्रवेश गरीरहेका छन् । बाम गठबन्धनको पहलबाट मात्र मधेश र मधेसीको सम्मान तथा अधिकार पाउने भन्दै नेपाली कांग्रेस, मधेसबादी,नयाँशक्तिलगायतका दल परित्याग गरेर कार्यकर्ताहरु बाममा प्रवेश गरेका हुन् । 


बिहिवार गरुडा नगरपालिका महमदपुुर टोलमा आयोजित चुुनावीसभामा भोगल यादव, श्याम यादव, सिरी साह,पनीलाल यादव, रामबाबुु साह, बुुधन साह, छोटेलाल यादव, रबिन्द्र यादव, कृष्ण नन्दन दास,जगदिश साह,सोनेलाल यादव, प्रेम देवी दास,नागेन्द्र यादव, राम बहादुुर यादवलगायत नेता कार्यकर्ताहरु बिभिन्न दल परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।  नव प्रवेसीलाई रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष उमेदवार एवं मन्त्री प्रभुु साह र बिधानसभा ख का बिधायक उमेदवार कुुन्दन कुुश्वाहाले माला र टिका लगाई स्वागत गरेका थिए ।

कांग्रेसका दर्जनौ नेता बाम गठबन्धनमा


नेपाली कांग्रेसका गाँउ, क्षेत्र र जिल्ला स्तरका दर्जनौं नेता तथा कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरे । विकास पुुरुषका संज्ञा पाएका मन्त्री साहको क्षेत्र बिस्तार संगै नेपाली कांग्रेसका पूर्वसांसद सुुनिल यादव जितेन्द्रका आफ्नै मामा अरबिन्द यादवलगायत कार्यकर्तासहित बाम गठबन्धनमा प्रवेश गरेका छन् ।


 अरबिन्द यादवसंगै पार्टी महाधिवेशन प्रतिनिधी खुुर्सैद देवान, एैनुुल खांव, सम्भुु गिरी, शेख अब्बुु महमद त्यस्तै, तरुणदलका जिल्ला सचिव महमद आलम, नन्ददाल यादव, रामाश्रे यादवलगायत मानिस कांग्रेस परित्याग गरेर बाम गठबन्धनमा प्रवेस गरेका थिए । कार्यक्रममा सितलपुुर गाविसका पूर्वअध्यक्ष समेत रहिसकेका अरबिन्द यादवले सांसद सुुनिल कुुमार यादव जितेन्द्र विकास निर्माणमा पछाडी, नाताबाद, र पैसाको लेनदेनमा टिकट दिने गरेकाले आफुुले कांग्रेस त्याग गरेर विकास पुुरुष मन्त्री प्रभुु साहको साथ आएको प्रतिकृया दिएका थिए । 


त्यस्तै, कांग्रेसका शेख महिबुुल, फतुुआ हर्षाहा गाविसका पूर्वअध्यक्ष सुुरेन्द्र यादव, लक्षमिनियाका पूर्वअध्यक्ष कृष्णदेव चौधरी, प्रतापपुुर पल्टुुआका पूर्व अध्यक्ष रामफुल चौधरी, पाटी महाधिवेशन प्रतिनिधी योगेन्द्र यादव, महाधिवेशन प्रतिनिधी राकेश गिरी, गम्भिरा निराला, शेख मन्जर आलम, जिल्ला सदस्य कुुन्दन कुुश्वाहा लगायत क्षेत्रका दर्जनौ जिम्मेवार कार्यकर्ता कांग्रेस परित्याग गरीसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप