बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी सपना अधुरै छाडेर बिदा भए नेपालकै  होचा कलाकार

बिहीबार, ३० कात्तिक २०७४, १८ : १५
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं – उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएका नेपालकै होचा कलाकार दिपेन शाहको आजै अन्तिम संस्कार गरिएको छ । 
शाहको साँझ ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । आर्यघाटमा उनलाई अन्तिम बिदाई दिन केही चिनिएका कलाकार, प्राबिधिक र चलचित्रकर्मी पुगेका थिए ।

अन्तिम संस्कारका लागि आर्यघाट लानु अगाडि उनको पार्थीब शरिर श्रद्धान्जलीका लागि चलचित्र बिकाश बोर्डको परिसरमा राखिएको थियो । करिब दुई घन्टा बोर्ड परिसरमा राखिएको उनको शवलाई पुष्पगुच्छा तथा खादा ओढाएर कलाकर्मीले श्रद्धान्जली अपर्ण गरे ।

सुरुमा उनको शव अन्तिम श्रद्धान्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान राख्ने कुरो थियो । तर प्रतिष्ठानले ठाउँ उपलब्ध नगराएका कारण चावहिल स्थित चलचित्र बिकास बोर्ड परिसर पुर्याइएको हो । 

श्रद्धान्जली कार्यक्रमा कलाकारको भने त्यति बाक्लो उपस्थिति देखिएन ।  चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगडी, कलाकार चेतबहादुर सिंह, डिबि बम्जन, सानु ताम्राकार, निर्मल शर्मा, गोपाल ढकाल, दमन रुपाखेती, महादेब त्रिपाटी लगायत मात्रै कार्यक्रममा अन्तिम बिदाईमा पुगेका थिए । 
शाहको मत्युको खबर बाँहिरिने बितिकै गहिलो दुःखका शब्द लेख्दै उनीसँग भएका तस्बिर सामाजिक संजालमा शेयर गर्दै अन्तिम बिदाईमा भन्ने धेरै कलाकार देखिएपनि श्रद्धान्जली सभामा भने ति कलाकार देखिएनन् । 

अस्पतालको लापर्वाहिका कारण शाहको निधन भएको हुने सक्ने श्रद्धान्जली सभामा भेटिएका  कलाकार शेखर खनालले आरोप लगाए  । उनले भने, ‘अस्पतालले उनको उमेर अनुसारको औषधी प्रयोग गरायो, तर उनको शारिरिक बनावट हेरेन, उमेर अनुसार औषधी प्रयोग गर्दा उनको सानो शरिरले थेग्न सकेन र उनको निधन भयो । उनले यती बोलिरहदा अन्य कलाकारले पनि उनको भनाईमा सहमती जनाए ।

पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर शाह अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनका दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको समेत देखिएको छ ।

उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिन अघि काठमाडौं फर्किएको थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।
को हुन् दिपेन ?

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दीपेन शाह हाँस्य कलाकार हुन् । 
उनले ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ जस्ता चर्चित हाँस्य श्रृखलामा अभिनय गरेका छन् । हाँस्य श्रृखलामा उनी ‘दिपेन सर’को भुमिकामा देखिदै आएका थिए । ३१ इन्च मात्र अग्ला शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । हाल उनी नी ललितपुरको डाँफे स्कूलमा १० कक्षा अध्ययनरत थिए ।

यस्तो थियो सपना
उनी नेपालकै होचा कलाकार थिए । अभिनयमा पाएको लोक प्रियताले उनी सबैको प्रिय थिए । कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनीसँग फोटो खिचाउनेको भिड लाग्थ्यो । 

केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन प्रयास थालेका थिए । जसका लागि उनी प्रमाण कलेक्सन मै थिए । तर, यो सपना पूरा हुन नपाउँदै उनी कहिल्यै नफर्किने गरी बिदा भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप