शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हकप्रद साधारण शेयर निष्काशन सम्झौता

बिहीबार, ३० कात्तिक २०७४, १७ : ३६
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं– जेबिल्स फाइनान्सले हकप्रद शेयर निश्कासन गर्न सनराइज क्यापिटल लिमिटेडलाई निश्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

जेबिल्सको गतअसार २३ गते बसेको विशेष साधारण सभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि ५ कित्ता शेयर बराबर २ कित्ता अर्थात चुक्ता पूंजीको ४०% ले हुने २३,११,६५० कित्ता हकप्रद शेयर निष्काशन गर्न सन्राइजलाई नियुक्त गरिएको हो ।

उक्त कार्यका लागि जेबिल्स फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी लाल नकर्मी र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौतामा हस्ताक्षर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप