बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन'

बिहीबार, ३० कात्तिक २०७४, १७ : २३
बिहीबार, ३० कात्तिक २०७४

वासिङ्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन् । 

उनले भने – मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन । 

उहाँ करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किएका हुन् । बुधबार अमेरिकी एक टेलिभिजनमा दिनुभएको वक्तव्यमा उनले सो धारणा राख्नसुभएको हो । 

उनले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको पनि सो सम्बोधनका बताए । 

आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उनले पटक पटक पानी पिउनुभयो र त्यति नै पटक उनले उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाए । 

उनी एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा गएका थिए । उनले १२ दिनसम्म लगातार ती देशको भ्रमणमा बिताएका थिए । 

उनले सो सम्बोधनमा भन्नुभएजस्तै उनको एसिया भ्रमणमा उत्तर कोरिया नै प्रमुख विषय बनेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमलाई उहाँले विभिन्न देशमा बोल्ने क्रममा निकै आलोचना गरेका थिए । 

विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उनले दिएका थिए । 

उनले आपूm पुगेका प्रत्येक स्थानमा त्यहाँका नागरिकले आफू र अमेरिकी नागरिकलाई ठूलो सम्मान र सद्भाव दर्साएको अनुभव पनि सो अवसरमा व्यक्त गरे । 

साथै ती देशका जनताले उत्तर कोरियाको आणविक होडबाजीको पछिल्लो क्रियाकलापको पनि कडा शब्दमा निन्दा गरेको अनुभव पनि उनले सो सम्बोधनका क्रममा व्यक्त गरेको समाचारमा जनाइएको छ । 

सोही कारण पनि अहिले समग्र विश्व नै अमेरिकी नागरिकको साथमा रहेको, उत्तर कोरियाको सो क्रियाकलापको विरुद्धमा रहेकोले अब उसको हतियार र आणविक क्षेप्यास्त्रको दादागिरी नचल्ने निष्कर्ष आपूmले निकोले पनि उनले बताएका थिए । 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न दक्षिण कोरियाबाट आह्वान गरेका थिए । त्यसपछि भने उनी उत्तरको निकै आलोचक बने । 

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदमा गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए। 

पछि उनले चीन भ्रमणका क्रममा पनि कोरियाली प्रायद्वीपको मुद्दाका बारेमा समन्वय गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङलाई पनि आग्रह गर्नुभएको थियो । 

सो आग्रहपछि राष्ट्रपति चिनफिङले पनि कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएको समाचारमा जनाइएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति जिनपिङले भनेका थिए– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ । 

बिहीबार उहाँहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गर्नुभएको बताइएको थियो । 

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ । उहाँहरुबीचको सो सहकार्यले आगामी दिनमा उत्तर कोरियाको यो आणविक होडको वातावरणमा परिवर्तन आउन पनि सक्ने अनुमानहरु गरिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप