शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी दलमाथि खनिए माओवादी नेता

बिहीबार, ३० कात्तिक २०७४, १७ : ०९
बिहीबार, ३० कात्तिक २०७४

रौतहट– रौतहट निर्वाचन क्षेत्र नं ३ का बाम गठबन्धनका उम्मेदवार प्रभू साहले मधेसवादी दलहरुले विभिन्न मुद्दा अघि सारेर मधेसी जनतालाई नै ठग्दै आएको बताएका छन् । 
उनले मधेसबादी दलले मधेसीको भावनासँग खेलवाड गरिरहेको टिप्पणी पनि गरे ।
आफ्नो चुनावी अभियान अन्तर्गत बिहिवार गरुडा नगरपालिका महम्मदपुरमा टोलमा घरदैलो गर्ने क्रममा साहले भने ,‘८ जिल्लाबाट उम्मेद्बारी दिएका मधेसबादी दलले संबिधान संशोधनको कुरा गरेर ठगीरहेका छन् ।’ चार बर्षमा ४ वटा सरकार परिवर्तन भैएकाले  बिकास निर्माणमा समस्या भएको विना विभागिय मन्त्री समेत रहेका साहले बताए ।
मधेसी,दलित,जनजाती ,मुस्लिम ,आदिवासी लगायतको अधिकार दिलाउन संविधान संशोधन आवश्यक रहेकाले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउन जरुरी रहेको साहको भनाइ थियो । एमाले र माओवादी केन्द्रको दुईसहितको सरकार बने सबैभन्दा पहिले मधेसको अधिकारका लागि संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप