शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चर्चित ब्याण्डहरुले बनाए एउटै थलो ‘प्रोजेक्ट वान’

बिहीबार, ३० कात्तिक २०७४, १६ : ४३
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं – नेपालका चर्चित व्याण्डका सदस्यहरु एक भई नयाँ व्याण्डको शुरुवात गरेका छन् । राजधानीमा हालै भेला भएका उनीहरुले नयाँ व्याण्डको रुपमा शुरु गरेका हुन् ।

यो व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता जस्ता युवामाझ चर्चित व्याण्ड आबद्ध छन् ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’लाई प्रमुख नारा बनाएको छ ।

–ब्याण्डवागन बाइ पोजिटिभ भाइब्स तथा व्याण्डका संस्थापक विकेश कायस्थले आफूहरुले नेपालकै संगीतको इतिहासमा सम्भवत पहिलो पटक धेरै व्याण्डलाई एकै स्थानमा समेटेर नयाँ व्याण्ड शुरुवात गरेको दाबी गरे ।

– व्याण्डको गायन समूहका सदस्य रविन एण्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको व्याण्डमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप