बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा

बिहीबार, ३० कात्तिक २०७४, १६ : ३३
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं–जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि मंसिर १ गते नेपालमा सार्वजनिक गर्ने भएको छ ।
वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएका एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गर्न लागेको हो । 
 नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरको छ । यस्तै आइफोन ८ तथा आइफोन ८ प्लस किनेपछि सक्कली बिल लिनको लागि पनि अनुरोध गरको छ । 
कम्पनीले  इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट  सो फोन  खरिद गर्न सुझाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप