शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चेम्बर अफ कमर्सको टोली भारत प्रस्थान

बिहीबार, ३० कात्तिक २०७४, १६ : ३३
बिहीबार, ३० कात्तिक २०७४

काठमाडाैं-नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष सहित ४५ सदस्यीय टोली भारत गएको छ । आजदेखि भारतको गुजारातमा सुरु भएको अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालको प्रतिनिधित्व गर्नको लागि भारत गएको हो । 
टोलीले गुजरातमा सुरु भएको भाइबे्रन्ट सेरामिक्स एक्स्पो एण्ड समितमा भाग लिन सचिव निलकण्ठ चौलागाईले बताए । 
एक्स्पो बिहीबारदेखि आइतबारसम्म गरी चार दिन चल्नेछ । एक्स्पोमा विभिन्न ६५ मुलुकहरुबाट सहभागिता रहने जनाइएको छ । 
एक्स्पोमा सेरामिक्स, टायल, फ्लोर, वाल टायल, बाथरुम फिटिंगलगायतका स्टल रहने जनाइएको छ । एस्क्पो दोश्रो पटक भारतमा पटक हुन लागेको हो । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप