शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा रोचक भिडन्त : फरक पार्टी, उस्तै एजेण्डा, कसले मार्ला बाजी ?

बिहीबार, ३० कात्तिक २०७४, १२ : २९
बिहीबार, ३० कात्तिक २०७४

 हेमन्त केसी
जाजरकोट– सदरमुकामदेखि गाउँसम्म चुनावी गतिविधीले रौनकता ल्याएको छ । आसन्न मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरि यहाँका दल र तीनका उम्मेदवारहरुलाई घरदैलो र प्रचारप्रसार गर्न भ्याइनभ्याई छ । 

अहिले वाम गठवन्धन र कांगे्रसको चुनावी प्रचार बजार भन्दा पनि गाउँमा वढि केन्द्रीत छ । दुवैले मंसिरपछि बजार केन्द्रीत कार्यक्रम गर्ने तयारी गरेका छन् । दुवै पार्टीका उम्मेदवारका चुनावी एजेण्डा भने एकै खालका छन् । फरक बामगठवन्धका चुनावी एजेण्डा लिखित छन् भने कांगे्रस उम्मेदवारका अलिखित ।

गठवन्धन र कांग्रेसका उम्मेदवारका एकै खालका एजेण्डाले गर्दा स्थानीय मतदाता कुन उम्मेदवारको पहुँच कति छ भनेर हिसाव गर्न थालेका छन् । वाम गठवन्धनका उम्मेदवार तथा पुर्व गृहमन्त्री  शक्तिवहादुर वस्नेतले अन्तराष्ट्रिय पुलको रुपमा भेरी करिडोर राजमार्गको विकास गरि भारतको रोपैडिहादेखि तिव्वत जोड्ने, लुम्विनी वौद्धस्थल, दाङ्घ नेपालगन्जदेखि कर्णाली रारासम्म पुग्ने मुल ढोकाका रुपमा रहेको चाखुरे सुरुङ्घ मार्ग निर्माण गर्ने महत्वकाङक्षी योजनादेखि स्थानीय विकास निर्माणका प्रमुख चुनावी मुद्धा बनाएका छन् ।

त्यस्तै जिल्लाको पर्यटनसँग जोडिएको कुशेमुसे, चाखुरे , ठाकुरजी गाध, नदाईडाप, पदमार्ग निर्माणका साथै ताल संरक्षण भ्यू टावर तथा हिम चिप्लेटीको निर्माणमा बाम गठबन्धनको जोड छ । धार्मिक पर्यटनतर्फ धार्मिक,संस्कृतिक,जैविक सम्पदालाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । जिल्लाका दुई ठाउँ दल्ली र थलहमा प्राविधिक शिक्षालय निर्माण गरि जिल्लामै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिईएको छ । 

जलविद्युततर्फ निर्माधिन नलगाड जलविद्युत परियोजना सम्पन्न गर्दै भेरी ,मजकोट खोला , छेडागाड लगाएका साना, ठुला सवै विद्युत निर्माण गरि जाजरकोट उज्यालो वनाउने लक्ष्य बाम गठबन्धनको छ । जिल्लाका सवै ठाउँमा सडक सञ्जालले जोडेर सवै आम नागरिकलाई सुविधा पुरयाउने लक्ष्य राखिएको छ । 

यता, नेपाली कांग्रेसवाट प्रतिनिधी सभाका उम्मेदवार  राजिवविक्रम शाह, प्रदेशसभा सदस्यका उम्मेदवार वेदराज सिंह र दिपकजंग शाहले व्यक्तिगत प्रतिवद्धतापत्र सार्वजानिक गरिसकेका छैनन । उनिहरुले चुनावी भाषणमा विदेश जाने यूवहरुलाई रोकेर स्वदेशमै स्वरोजगार सिर्जना गरि जिल्लाको विकास गर्ने , वढ्दो भ्रष्टाचार न्यूनिकरण गर्ने , राष्ट्रिय स्तरका आयोजना निर्माणका लागि दवाव दिने लगायतका चुनावी एजेण्डा उठाएका छन् । 

प्रदेश सभा सदस्या क का उम्मेदवार वेदराज सिंहले अहिले महत्वकाक्षी एजेण्डा उठाएरपछि पुरा गर्न नसके जनताले नपत्याउने भएकाले व्यक्तिगत प्रतिवद्धता पत्र सार्वजानिक नगरेको  वताए । नेपाली कांग्रेसले केन्दीयस्तरवाट सार्वजानिक गरेको घोषणा पत्र नै संवृद्धिको योजना भएकाले छुटै आवाश्यक नभएको उनको भनाई छ । प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजिवविक्रम शाहले पनि व्यक्तिगत प्रतिवद्धता पत्र सार्वजानिक गरेका छैनन । 

स्थानीयहरुले जाजरकोटको समग्र विकास गर्ने व्यक्तित्व खोजिरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताए । राज्यका विभिन्न निकायको पहुँच र स्थायित्वको खोजी जिल्लावासीले गरिहेको शाहको भनाई छ । 

वामगठवन्धले दुई भागमा चुनावी सभा गदै आएको छ भने नेपाली कांग्रेसका उम्मेदवारहरुले पनि जिल्लाका दुई ठाउँमा चुवानी सभा गर्दै आएको छ । स्थानीय चुनावको भोटको आधारमा जाजरकोटमा वामगठवन्धन वलियो देखिन्छ । दोस्रो संविधानसभा चुनावमा जाजरकोटमा क्षेत्र १ मा माओवादी केन्द्रका शक्तिवहादुर वस्नेतले जितेका थिए भने क्षेत्र नं २ मा कांग्रेसका राजिवविक्रम शाहले जितेका थिए ।

तर, अहिले उनिहरु दुवैजना प्रतिनिधी सभा सदस्यको उम्मेदवार छन् । शाह केन्द्रीय राजनीतिमा कमजोर दखिन्छन् भने बस्नेत केन्दीय राजनीतिमा बढि पहुँच राख्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप