बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हुवावेको एउटै मोबाइलमा चारवटा क्यामेरा

बिहीबार, ३० कात्तिक २०७४, १२ : ०९
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं– नेपालीहरुवीच लोकप्रिय ब्राण्ड बनेको हुवावेले प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्रयाएको छ  भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २ –आई स्मार्ट फोन सेटमा फ्रन्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य सुविधा रहेका छन् । ।
 

हुवावेको  नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटी प्रालिमार्फत विक्रिवितरण हुने हुवावे नोभा २ आई अहिलेसम्मकै अत्याधुनिक र बढी सुविधायुक्त रहेको कम्पनीको दावी छ । आकर्षक लुकमा रहेको फोन गुणस्तरीय प्रविधियुक्त ५.९ इन्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रिन तथा सफा र उज्याला तस्विर हेर्नका लागि १८ः९ वाइडस्क्रिन लगायतका सुबिधा रहेका छन् । 

कल मोवालिटिका डाइरेक्टर पुल्कित भिमसरियाका अनुासर चार क्यामोरा रहेको स्मार्ट एक क्रान्तिकारी सृजना भएको बताएका छन् ।  हुवावे नोभा २–आई स्मार्ट फोनसेटमा अगाडि र पछाडि गरी डवल लेन्सका ४ वटा क्यामेरा एकैपटक चलाउन सकिन्छ ।

यसको साइज ७५.२ एमएम, हाइट १५६.२ एमएम तथा डेप्थ ७.५ रहेको छ । ३३४० एमएएच ब्याट्री रहेको यो सेटमा टकिङ टाइम २० घण्टा रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप