भोट माग्दै पश्चिम रुकुमको गाउँ–गाउँमा प्रभाकर, १२ तस्बिर
पश्चिम रुकुम– सदरमुकाम मुसीकोटवाट निर्वाचन प्रचारको औपचारिक अभियान शुरु गरेको पश्चिम रुकुमकोे वामगठवन्धनको टोलीले जिल्लाको सुदुर उत्तरी क्षेत्रहरुमा निर्वाचन प्रचार अभियान सम्पन्न गरेको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पार्टी एकता संयोजन समितिका प्रमुख नेता शेरवहादुर केसी, नेकपा (माओवादी) रुकुम जिल्ला ईन्चार्ज तथा पार्टी एकता संयोजन समितिका अर्का प्रमुख नेता राजकुमार शर्मा सहित नेता कार्यकर्ता रहेको निर्वाचन प्रचार अभियानको नेतृत्व गर्दै प्रतिनिधि सभा सदस्य पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकर गाउँगाउँमा पुगेका थिए ।
उच्च सुरक्षा थ्रेटमा रहेका जनार्दन शर्मा प्रभाकर नै टोलीकमाण्डर भएकोले ठाँउठाउमा निर्वाचन विरोधीहरुको अवरोध भएपनि त्यसलाई छिचोल्दै टोली गाउँगाउँमा पुगेका थियो ।
आठविसकोटको राडीज्युलावाट शुरु भएको सुदुर उत्तरी क्षेत्रको उनको निर्वाचन प्रचार अभियान गोतामकोट, स्यालाखदीका दुर्गम गाँउहरुमा सञ्चालन भएको बताइएको छ ।
रुकुमको विकासका लागि प्रभाकरले निकै पहल गरेको स्थानीय बताउँछन् । ७० को निर्वाचनका वेला हिडेर पुगेका धेरै ठाउहरुमा अहिले मोटर पुगेको छ । मोटर नपुगेको एउटा मात्रै गाँउ स्यालाखदीमा ४६०० मिटर अग्लो झारमारेको लेक काटेर अगाडि वढिरहेको छ । २ दशक देखि अलपत्र रहेको विद्युतको राष्ट्रिय प्रशारण लाईन अहिले रुकुमका गाँउगाँउमा विस्तार भैरहेको छ । दर्जनौं लघुजलविद्युत आयोजना सम्पन्न भएर गाँउ झिलीमिली भएका छन् ।
प्रभाकर अझैं स्वस्थ जनता, सक्षम युवा, समृद्ध रुकुम र समृद्ध नेपाल आफनो सपना भएको वताउँछन । उनको निर्वाचन प्रचार शैली फरक वनाएका छन्, न पर्चा पोष्टर छन न त कतै तुल व्यानर नै देखिन्छन । समृद्ध रुकुमका लागि ५ वर्षे मार्गचित्र नामको हाते पर्चा वोकेर आफु जनतासंग भोट माग्न नभई समृद्ध रुकुम निर्माणको सुझाव लिन र प्रतिवद्धता गर्न आएको वताउँछन् ।
चुनावी अभियान दृश्यहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा