शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युवा समूहलाई निब्र्याजी रु बीस लाख ऋण

बिहीबार, ३० कात्तिक २०७४, ११ : ३५
बिहीबार, ३० कात्तिक २०७४

इलाम-युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । 

समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समिति इलामका प्रमुख बाबुराम पोखरेलले बताउनुभयो । 

समितिले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको समितिका अध्यक्ष नवराज शंकरले जानकारी दिनुभयो । ऋणबाट १० जना युवा संलग्न रहेको समूहले सामूहिकरूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । 

ऋण पाउनेमा चम्जम्लुङ उद्यमशील युवा विकास संस्थाले होमस्टे सञ्चालन गर्ने जनाएको छ । जनज्योति कृषि तथा पशुपालन समूहले ब्रोइलर कुखुरापालन, सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् । 

राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सो रकम परिषद्ले सिधै उपलब्ध गराउन नमिलेपछि नेफ्स्क्युन वित्तीय संस्थासँग सम्झौता गरी इलाममा हाम्रो जुनतारा बचत तथा ऋण सहकारी संस्थामार्फत रकम वितरण गरेको समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप