शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा सिता एयरको परिक्षण, सातादिन भित्रै नियमित उडान हुने

बुधबार, २९ कात्तिक २०७४, १८ : ४७
बुधबार, २९ कात्तिक २०७४

दुनै (डोल्पा) – डोल्पाको जुफाल विमानस्थलमा सिता एयरको परिक्षण उडान सफल भएको छ ।बुधबार विहान नेपालगञ्जदेखि डोल्पाकालागि भएकोे पहिलो उडान सफल भएको सिता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिब शर्माले जानकारी दिए । 


उडान सम्बन्धि सम्पुर्ण व्यबस्थापन सम्पन्न भएपछि एकसाता भित्रै नियमित उडान सुरु गरिने शर्माले बताए ।डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान सुरु भईसके पछि यात्रुको चाप आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उनले जानकारी दिए । 


कर्णालीमा भरपर्दो हवाई सुविधा नभएको अवस्थामा सिता एअरले नियमित उडान सुरु गरेपछि डोल्पाली जनतालाई ठूलो राहतहुने डोल्पा दैनिकका प्रधान सम्पादक पवन डाँगीले बताए । 


हालसम्म तारा,गोमा,नेपाल एयरलाईन्स र मकालु एयरलायन्सले  उडान भर्ने गरेता पनि नियमित उडान नहुँदा सयौँ यात्रुहरुले हवाई सास्ती भोग्नु परिरहेको अवस्था छ 
चौध जना सिट क्षमता भएको सिता एयरले डोल्पा उडान सुरु गरेपछि कर्णालीका पाँचवटै जिल्लामा सेवा विस्तार भएको सिता एअरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप