शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेहरानमा भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

बुधबार, २९ कात्तिक २०७४, १७ : ४७
बुधबार, २९ कात्तिक २०७४

तेहरान (इरान ) – इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । 

तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । 

भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षतिको आँकलन गरिएको हो । 

उक्त प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

सो भूकम्पबाट हजारौँ भवन र सरकारी संरचना ध्वस्त हुनुको साथै क्षतिग्रस्त भएको बताइएको छ । यस भूकम्पमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौँ घाइते भएका छन् । 

कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ । 

भूकम्पका कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको हो । 

इरान र इराकको सीमाक्षेत्रमा भूकम्प गएको थियो । यसबाट इरानतर्फका आठवटा गाउँमा बढी क्षति भएको छ । साथै अरु पनि कैयाँंै गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ । 

इरानमा सन् १९९० इरानमा आएको ७।४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए । 

भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति पुग्नभयो 

यसैगरी तेहरानबाट प्राप्त अर्को एक समाचारमा इरानका राष्ट्रपति हसन रौहानी बुधबार सो भूकम्पप्रभावित क्षेत्रको भ्रमणमा जानुभएको थियो । 

उहाँले बुधबार सो क्षेत्रको भ्रमण गरेर पीडितलाई आवश्यक सहयोगका साथै उद्वारको कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप