शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा हुने अधिक खर्च लोकतन्त्रको ‘विष’ : दमननाथ

बुधबार, २९ कात्तिक २०७४, १४ : ११
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं–पूर्वसभामुख दमननाथ ढुंगानाले निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुने चेतावनी दिएका छन् । 

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च भईरहेका बेला पूर्व सभामुख ढुंगानाले यस्तो परिपाटी तत्काल बन्द नभए लोकतन्त्र खतरामा पर्ने र मुलुककै भविष्यमाथि गम्भिर आघात पार्ने प्रष्टयाएका छन् । 

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका ढुङगानाले एउटा गरिव तर योग्य नागरिकले जनताको विश्वास लिनै नपाउने गरी निर्वाचन खर्च हुने गरेको भन्दै चिन्ता व्यक्त गरे ।

बुधबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व सभामुख ढुंगानाले निर्वाचनमा हुने अधिक खर्चलाई लोकतन्त्रको विषको संज्ञा दिँदै नियन्त्रणका लागि पहल गरिदिन संचारकर्मीहरुसँग आग्रह पनि गरे ।
 उनले नेपाल मजदुर किसान पार्टीलाई आफूसहित नेपाली काँग्रेसका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप