बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साढे १५ घण्टासम्म यसरी जल्यो प्लाष्टिक उद्योग (फोटोफिचर)

बुधबार, २९ कात्तिक २०७४, १४ : १०
बुधबार, २९ कात्तिक २०७४

ललितपुर । मंगलबार साँझ ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको आनन्द प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । 

साझ साढे ६ बजेतिर लागेको आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।  आगलागीबाट पञ्चकन्याको युपिभिसी उद्योगमा पनि क्षति पुगेको छ । 

प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको बताएको छ । साँझदेखि लागेको आगो आज बिहान साढे ९ मा मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणको लागि १० वटा दमकल प्रयोग गरिएको थियो । उपत्यका भित्रको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भक्तपुर, ललितपुर र काठमाडौँको दमकम ल्याइएको थियो ।

आगोबाट उद्योगमा कति क्षति भयो भन्ने बारे अझै अनुमान गर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी परिसर ललितपुरले दिएको जानकारी अनुसार अहिले प्रहरी टोली विवरण लिनमा खटिरहेको छ । अबको केही घण्टामा क्षतिको विवरण आउने प्रहरी परिसरको भनाई छ ।  

तत्काल मुचुल्का उठाउने काम भइरहेको हुँदा क्षतिको विवरण आउन बाँकी रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप