प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आयोगको आग्रह
काठमाडौ– राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्ह गरेको छ । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारका क्रममा रुकुम, रोल्पा, भोजपुर, म्याग्दी, संखुवासभा, र गोरखालगायतका जिल्लाहरूमा उम्मेदवार तथा कार्यकर्ताहरूलाई लक्षित गरी श्रृंखलाबद्ध रूपमा भएको गोली तथा बम प्रहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ ।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा निर्वाचनको विरोधमा रहेको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुबाट उम्मेदवारको घरमा कालो झण्डा राख्ने तथा सम्पत्ति कब्जा गर्ने,मतदातालाई मतदान गरे कारबाहीको धम्कीदिने, निर्वाचनको प्रचार प्रसारमा अवरोध गर्नेे र निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुविचभएका झडप लगायतका तथ्यहरु प्राप्त भएको उल्लेख छ ।
यस्ता कार्यले भयरहीत वातावरणमा निर्वाचनमा भाग लिन पाउने मतदाताको अधिकार तथा स्वतन्त्र, निर्भयतापूर्वक र शान्तिपूर्ण ढङ्गाबाट प्रचार प्रसार गर्न पाउने उम्मेदवारको अधिकारको उल्लंघन भएको आयोगको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल