लक्ष्मी बैंक र भारतको एक्सिस बैंकबीच सम्झौता
काठमाडौं–लक्ष्मी बैंक र भारतको एक्सिस बैंक वीच भारतवाट नेपालमा पैसा पठाउन तथा भारत लगायत अन्य मुलुक भ्रमगर्ने सिलसिलामा आवश्यक पर्ने प्रिपेड कार्ड संयुक्त रुपमा प्रवर्धन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
जस अन्तर्गत एक्सिस बैंकको चार हजार पाच सय भन्दा बढि शाखा मार्फत पठाइएको रकम नेपाल स्थित लक्ष्मी बैंक को जुन सुकै शाखाबाट नगद भुक्तानी लिने तथा खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिटान्स प्राप्त गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।
सो सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले आफनो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन्।
त्यसैगरी, लक्ष्मी बैंक लि.बाट सर्वसाधारणहरुले वैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफुले चाहेको १६ प्रकारका विदेशी मुद्रामा प्रिपेड कार्ड सटही गर्न सक्ने व्यवस्था गरिएको छ ।
सो सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले र भारत स्थित एक्सिस बैंकका तर्फबाट अशोक गौतम, एज्क्यिूटिभ भि.पी वित्तिय संस्था समूह र निरज सिन्हा, सिनियर भि.पी. अन्तराष्ट्रिय रिटेलले काठमाण्डौमा एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी