‘वामपन्थीको सरकारबाट राष्ट्रियताको रक्षा र देशको विकास सम्भव’
चितवन -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको र अब छिट्टै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज भरतपुरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टले मात्र सम्पूर्ण शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा र प्रवद्र्धन गर्ने तथा वामपन्थीको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको विकास सम्भव भएको जिकिर गर्नुभयो ।
चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले नेपालको परिवर्तनकारी आन्दोलनमा दराई समुदायको र विशिष्ट भूमिका रहेको बताउँदै अब सबै उत्पीडित समुदायको सपना साकार हुने दिन छिट्टै आउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा समानुपातिक उम्मेदवार मंगलराम दराई, पूर्वसभासद् सन्तुराम दराईलगायत अगुवाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आह्वान गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे