शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अराजनीतिक काम बन्द गर्न एमालेको चेतावनी

बुधबार, २९ कात्तिक २०७४, १३ : ०८
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– एमालेले देउवा सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत भएको अरोप लगाएको छ । 

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले सरकार अराजकता निम्त्याउन लागेको जनाएको छ । एमालेले यस्ता काम बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारलाई आग्रह पनि गरेको छ ।

 एमालेले विज्ञप्तिमा भनेको छ –पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति हामीलाई हुन थालेको छ । चुनावी अभियान जारी रहँदा हाम्रो पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण भएको छ । चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

प्रवक्त विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा मंगलबार संखुवासभामा कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको तथा सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएकाले यस्ता अराजनीतिक काम तत्काल बन्द गर्न सचेत गराइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप