शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङगामा सुनुवार कि खतिवडा ? यसो भन्छन् मतदाता

बुधबार, २९ कात्तिक २०७४, १२ : ४०
बुधबार, २९ कात्तिक २०७४

रामहरि श्रेष्ठ

ओखलढुङगा– आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति संघारमा आएसँगै ओखलढुंगामा चुनावी माहोल ह्वातै बढेको छ ।

उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावीसभा र मतदाताको घरदैलोमा पुगेर भोट माग्न ब्यस्त छन् । खेती उठाउने समय भएकाले अधिकांश मतदता खेतवारीमै हुने भएकाले नेताहरु पनि घरदैलोमा मतदता नभेटिएपछि खेतबारीमै पुगेर आत्मियता देखाउदै भोट मागिरहेका छन् ।

सबै उम्मेदवारले जिल्लाको समृद्धिका लागि आफूलाई जिताउन मतदतासँग आग्रह गरिरहेका छन् । संघीय प्रतिनिधि सभाका उम्मेदवारहरु जिल्लाभर नै चुनाबी कार्यक्रम लिएर घुमिरहेका छन् भने प्रदेशसभाका उम्मेद्धवार पनि आ–आफ्नो क्षेत्रका मतदासँग भोट मागिरहेका छन् । तर, जिल्लाका मतदाता भने आश्वासन बाँड्ने नेताबाट अघाएको भन्दै काम गरेर देखाउनेलाई मात्र भोट दिने मनस्थिति बनाएका छन् ।

सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका सरस्वती बानियाँ कुरा गर्ने भन्दा काम गरेर देखाउनेलाई भोट हाल्ने बताउँछिन् । ‘यसअघि कुराले मख्ख पारेर भोट माग्ने नेताहरुलाई यो पटक कामै गरेर देखाउनुपर्ने चुनौती थपिएको छ’ उनले भनिन् । बानियाँको जस्तै भनाई छ अर्का मतदाता सिद्धिचरणकै बुद्धि खड्काको पनि ।
‘आफुले भोट हालेर जिताएका नेताले भष्ट्राचार नगरी जनताको सेवामा लागे भोट खेर गएको महशुस हुदैनथियो’उनले भने । ‘सत्ता र स्वार्थको लोभमा भन्दा पनि जिल्लाको बिकासमा जो लाग्छ उसैलाई भोट हाल्ने हो’ सिनपा ९ का शुक्रबहादुर मग्राती बताउँछन् ।

उनिहरु त प्रतिनिधि पात्र मात्र हुन् । यसअघिका निर्वाचन, उम्मेद्धवारको आश्वासन र उनिहरुले गरेका कामका आधारमा मत दिने उनिहरुको भनाइबाट मतदाताहरु सजग भैसकेको प्रश्ट हुन्छ । ओखलढुङगाका सर्वसाधारण मतदाता यसैलाई भोट दिन्छौ भनेर खुल्न चाहेनन् । सवैको कुटनीतिक हिसावको भनाई थियो ‘कुराले मख्ख पार्ने नेतालाई भन्दा काम गर्ने नेतालाई भोट हाल्ने पक्का हो ।’

प्रतिनिधिसभातर्फ १ क्षेत्र र प्रदेशतर्फ २ निर्वाचन क्षेत्र रहेको ओखलढुङगामा बाम गठबन्धनका तर्फबाट संघतर्फ यज्ञराज सुनुवार र कांग्रेसका तर्फबाट रामहरी खतिवडा उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेशतर्फ क मा बामबाट अम्मिरबाबु गुरुङ, कांग्रेसबाट मित्रसेन दाहाल, तथा ख मा बामबाट माओवादीका मोहन खड्का कांग्रेसबाट प्रदिप सुनुवार र तथा स्वतन्त्रबाट ज्ञानेन्द्र रुम्दाली प्रतिस्पर्धामा रहेका छन् ।   

सुनुवार र खतिवडाको चर्चा धेरै 
मतदान मिति नजिकिएसँगै संघीय प्रतिनिधि सभाका उम्मेद्धवारहरु बाम गठबन्धनका सुनुवार र काग्रेसका खतिवडाको चर्चा बढि छ । उनिहरु दुबैले मतदाता आफ्नो पक्षमा पार्न भाषणमार्फत एकले अर्काेको खेदो खन्ने गरेका छन् । शहर होस या गाउँ र चोकका चियाचौतारासम्ममा स्थानीय तहको मत परिणमलाई आकलन गर्दै कस्ले जित्लान् भन्ने अड्कलबाजी हुन थालेको छ । जिल्लामा हाईटमा रहेका दुई नेताहरु एक अर्काेको प्रतिश्पर्धी भएर चुनाबी मैदानमा उत्रिएकाले यस पटकको चुनाव निकै रोचक बनेको छ । यसअघि दुई क्षेत्रबाट चुनाव जितेका दुवै अहिले एक क्षेत्र भएपछि आमनेसामने भएका हुन् ।  

ओझेलमा प्रदेशसभाका उम्मेदवार
निर्वाचनमा प्रदेशसभा तर्फका उम्मेद्धवारहरु पनि मत माग्ने दौडधुपमा छन् । मतदाता आफ्नो पक्षमा पार्न उनिहरुको दौडधुप बढेको हो । ओखलढुंगाको प्रदेशसभा क तर्फ बाम गठबन्धनका तर्फबाट एमालेका अम्मिरबाबु गुरुङ र काग्रेसबाट मित्रसेन दाहाल प्रतिश्पर्धामा छन् । उनिहरुमध्ये बाम गठबन्धनका उम्मेद्धवर गुरुङको चर्चा धेरै छ । त्यस्तै क्षेत्र नम्बर ख तर्फभने बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मोहन खड्का हिमशिखर र काग्रेसका तर्फबाट जिल्ला सभापती प्रदिप कुमार सुनुवार प्रतिश्पर्धामा छन् ।

यहि क्षेत्रमा काग्रेसबाट बागी उम्मेद्धवारी दिएका स्वतन्त्र उम्मेद्धवार ज्ञनेन्द्र रुम्दाली पनि सफा अभियान लिएर चुनावी मैदानमा छन् । प्रदेश ख मा त्रिपक्षिय भिडन्त हुने देखिएको छ ।  एक स्वतन्त्र सहित ९ राजनीतिक दल चुनाबी मैदान छन् । १ सय ४१ मतदान केन्द्र रहेको ओखलढुंगामा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप