काम नगर्ने कर्मचारी कारवाहीमा
हेमन्त केसी
जाजरकोट –यहाँका स्वास्थ्य संस्थामा नियमित काम नगर्ने स्वास्थ्यकर्मीहरु स्पष्टीकरणमा परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा, जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरु समयमा उपस्थित नहुने, लामो समय विदामा वस्ने लगायतका गुनासा आएपछि छट्के निरीक्षण तथा अनुगमण गरिएको थियो । अनुगमण गर्दा स्वास्थ्य संस्थामा भन्दा व्यक्तिगत काम गर्ने काम चोर कर्मचारीलाई स्पष्टीकरण सोधिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
काम नगर्ने स्वास्थ्यकर्मीलाई पहिलो चरण स्पष्टीकरण सोधिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सीमा स्वास्थ्य चौकी , अर्छानी स्वास्थ्य चौकी र टालेगाउँ स्वास्थ्य चौकीमा कार्यरत ७ जना स्वास्थ्यकर्मी लाई स्पष्टीकरण सोधिएको हो । १ दिन देखि डेढ महिना सम्म स्वास्थ्य संस्थामा हाजिर गएल देखिएपछि स्पष्टीकरण सोधिएको छ ।
गयल स्वास्थ्यकर्मीको तलव भत्ता रोक्का गरिएको छ । स्वास्थ्य जस्तो महत्वपुर्ण स्थानमा लापरवाही गर्ने जुनसुकै व्यक्तिलाई कारवाही गरिने जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमूख रामवहादुर नेपालीले बताए ।
काम नगर्ने कर्मचारीलाई सम्वन्धित गाउँपालिका र नगरपालिकालाई निगरानी गर्न पत्राचार समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)