नेपाली बजारमा सुनको भाउ उकालो लाग्यो

person access_timeकात्तिक २९, २०७४ chat_bubble_outline0

काठमाडौं – नेपाली बजारमा सुनको भाउ उकालो लाग्दै गएको  छ । नेपाली बजारमा आज छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 

हिजो छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ  । 

हिजो र आज तेजावी र छापावाला सुनमा मा २ सय रुपैया बढेको छ । चादी आज ७ सय ७० पुगेको छ । हिजोको तुलनामा चादीमा पनि  ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ । 
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ