‘चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवारलाई सुरक्षा दिन सरकार तयार’
काठमाडौं–नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ती र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदान गर्ने दाबी गरेका छन् । अर्थमन्त्रीसमेत रहेका कार्कीले कांग्रेसको नेतृत्वमा अबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे ।
कांग्रेस पहिलो ठूलो दल बन्ने दाबी गर्दै सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका कार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागु गर्ने बताए । विगतमा संगठित हिंसा र द्धन्द्धको समयमा कांग्रेसले सरकार चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तीको बाटोमा लैजाने र संविधान निर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब संविधान कार्यान्वयन र विकासका लागि जनताले कांग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे ।
नारा र दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको कटाक्ष गरेका छन् । नेपालमा कम्युनिष्ट शासन आउने सम्भावना नरहेको जिकिर गर्दै उनले वाम गठबन्धनले साम्यवाद ल्याउने प्रयास भने गरेको आरोप लगाए ।
रिपोटर्स क्लबको कार्यक्रममा कार्कीले केही उम्मेदवारमाथि भएको आक्रमणको निन्दा गर्दै उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार रहेको बताए ।
बुढगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता रद्द गर्ने विषयमा सरकारभित्र कुनै विमति नरहेको कार्कीले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी