शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावलाई संघर्षकाे रुपमा लिएर अघि बढेका छौं : यादव

बुधबार, २९ कात्तिक २०७४, ११ : ५५
बुधबार, २९ कात्तिक २०७४

सप्तरी -संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको निर्माणले मधेश मुक्तिको ढोका खोल्ने विश्वास ब्यक्त गरेका छन । दुई नम्बर प्रदेशमा मधेश सरकार नबनेसम्म मधेशले मुक्ति नपाउने यादवले बताए । 

सप्तरी निर्वाचन क्षेत्र न. २, स्थित राजविराज वड़ा न. बागेश्वरी मन्दिरको प्रांगणमा बुधबार फोरम नेपाल र राजपाले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै यादवले मधेसी समुदायको मुक्तिको लागि चुनाव लगतै मधेश प्रदेश गठन गर्ने दाबी गरे ।

चुनाव प्रचारमा रहेका यादवले मधेश आन्दोलनले गर्दा देशमा महिला सहभागिता व्यापक ढंगले बढेको बताएका छन । महिला, दलित, उत्पीड़ित समुदायको प्रतिनिधित्व बढ्नुमा मधेश आन्दोलनको मुख्य श्रेय रहेको उनले बताए । 

'मधेशले मुलुकलाई धेरै अधिकार दिलाएको छ । संघीयता, गणतन्त्र, समावेशीकरण, प्रतिनिधित्व जस्ता उपलब्धि मधेश कै देन हो'- सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका उम्मेदवार यादवले भने । 

फोरम अध्यक्ष यादवले चुनावलाई संघर्ष र अवसरको रुपमा लिन पार्टी पंक्ति र आम जनतालाई आह्वान गरेका छन । उनले भने,- 'हिजोको सड़क आन्दोलन जस्तै आज पनि हामीले चुनावलाई संघर्ष कै रुपमा लिएर अघि बढेका छौ ।'

चुनावी सभामा महिलाहरुको उपस्थिति अत्यन्तै उत्साहजनक रहेको थियो। कार्यक्रममा राजपाका महासचिव मनीष सुमन, राजविराजका मेयर शम्भु यादव, उप मेयर साधना झा लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप