शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि बामपन्थी सरकारको आवश्यकताः गुरुङ

बुधबार, २९ कात्तिक २०७४, ११ : ४१
बुधबार, २९ कात्तिक २०७४

बेसीशहर–नेकपा एमालेका केन्द्रीय सचिव एवं लमजुङ प्रदेश सभा ख का उम्मेद्वार पृथ्वीसुव्वा गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षाका लागी बामपन्थी सरकारको आवश्यकता भएको बताएका छन् ।
 बुधबार लमजुङ सदरमुकाम बेसीशहरमा प्रेस चौतारी र प्रेश सेन्टर प्रदेश नम्बर ४ को संयुक्त विस्तारित वैठकलाई सम्बोधन गर्दे नेता गुरुङले उक्त कुरा बताएका हुन् । 
नेता गुरुङले भने “अहिले मूलुकमा समाजवादी त्रान्तिको आवश्यकता छ । शान्ती र सुशासनको लागी बहुमतको सरकारका बनाउने र बामगठबन्धन वाट बहुमतको सरकार बन्नेमा आफू ढुक्क छु ।”
आर्थिक सम्बृद्धिको लागि स्थायी सरकार र स्थायी सरकार निमार्ण बामपन्थी एकजुट भएपश्चात मात्र सम्भव भएको भन्दै स्थायी सरकार निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । 
संघिय लोकतान्त्रीक गठबन्धनले निमार्ण गरेको संविधान भएको र आफूले बनाएको भन्दँै धावा नबोल्न नेपाली कांग्रेसका नेता तथा कार्यक्रतालाई आग्रह गरे । उनले धेरै पटक कांग्रेसको बहुमतको सरकार भएतापनि लोकतन्त्रको रक्षा गर्न नसकेको आरोप लगाए । दुई देशको फाईदा लिएर देशलाई आर्थिक सम्बृद्धिको दिशामा अगाडी बढाउँदै सात प्रदेश र केन्द्रमा बामपन्थी सरकार बनाउने गुरुङले उद्घोष गरे । 
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकालेका पोलिटव्युरो सदस्य एवं प्रदेश नम्बर ४ का संगठन कमिटिका सह–संयोजक गणेश तिमल्सीनाले मत किनबेच गर्नेहरुसँग सजग हुन नेता तथा उम्मेद्वारलाई आग्रह गरे । 
उनले भने, पैसा भएका मानिसहरु सँग अब खतरा छ, मत किन्नु भनेको आत्म किन्नु बराबर हो । त्यस्ता आत्म किन्नेहरुले देशको विरुद्ध जे पनि गर्छन । विकासको एजेण्डा र पार्टीका नितिहरु हेरेर मत खसाल्नु पर्ने भन्दै चुनावी एकता नभै पार्टी एकता हुने कुरामा जोड दिए । 
उक्त कार्यक्रममा लमजुङ प्रतिनिधि सभाका उम्मेद्वार देबप्रसाद गुरुङ , प्रदेशसभा क का उम्मेद्वार धनञ्जय दवाडी, समानुपातिक उम्मेद्वार, दुबै पार्टीका इञ्चार्ज हरुको सहभागीता थियो । प्रदेश नम्बर ४ का पे्रश चौतारी र प्रेश सेन्टरमा आवद्ध पत्रकारहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।  
प्रेस चैतारी एवं प्रेस सेन्टर नेपाल, ४ प्रदेश संयोजक समितिको आयोजना र प्रेस चौतारी एवं प्रेस सेन्टर नेपाल लमजुङको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप