शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता लालबाबु पण्डितको जीवनी पुस्तकमा

बुधबार, २९ कात्तिक २०७४, ११ : २३
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं – पहिलो पटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामक पुस्तक मार्फत यउनको बारेमा थप बुझ्न पाइने भएको हो । 

पण्डित नेकपा(एमाले)का नेता हुन् । उनी भूमिगत कालदेखि नै उक्त पार्टीसँग आवद्ध रहँदै आएका छन् । तर, केहिवर्ष अघि मात्र पहिलो पटक मन्त्री हुना साथ उनी दुइवटा कुराले एका एक चर्चाका पात्र बने । 
पहिलो थियो ग्रीनकार्ड वापिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेष गरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे । यसले ठूलो बहस पनि निम्त्याएको थियो । त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइकन पनि लालबाबु त्यति बेलाको मन्त्री परिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुगेका थिए ।
नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो । त्यो हो,मुलुक कठीन राजनीतिक मोडबाट गुज्रिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यति बेला लिएका अडान र ब्यक्त गरेका विचारहरु मधेसकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो । विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए । पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइ दिएको थियो ।
यो बाहेक सरल ब्यक्तित्व र सामान्य जीवन शैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकलवा ट्याम्पुमा यात्रा गर्ने यीहँसमुख व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो ।  
लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगतकालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवन सम्मका भोगाइहरु कथा जस्तै भेटिए ।यी सबैले लालबाबुमा संझौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको ब्यक्तित्व अगाडि ल्याएको रहेछ ।
यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु आत्मकथामा समेटिएको छ ।
‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गरेको नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमापनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ।’
पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तकतयार पारेका हुन् । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । पुस्तक देशभर पाइने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप