शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकी जीवन जिल्लाका लागि दिन्छु : रामचन्द्र पौडेल

बुधबार, २९ कात्तिक २०७४, ११ : २०
बुधबार, २९ कात्तिक २०७४

तनहुँ–नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेवार रामचन्द्र पौडेलले अवको बाँकी जीवन जिल्ला र गाउँका लागि खर्चिने बताएका छन् । हालसम्म आफु देशको राष्ट्रिय राजनीति सम्हाल्न व्यस्त रहेकोले जिल्लामा ध्यान नपुगेको स्वीकार्दै यो चुनावपछि जिल्ला र गाउँको विकास तथा स्तरउन्नतीका लागि कृयाशिल हुने बताएका हुन् । 
गाउँ–गाउँमा विस्तारै विकासका पुर्वाधार निर्माण भएपनि शहरको तुलनामा गाउँको विकास  कम भएको पौडेलको भनाई छ । शहरमा रहेका जनताहरुलाई गाउँमै र्फकाउने अभियानमा आफु लागेको पनि पौडेलले बताए । पौडेल विगत एकसातादेखि तनहुँुका मतदाता फकाउन आफ्ना सहयोगिका साथ घरदैलो तथा चुनाव प्रचारमा व्यस्त छन् । 
यसैवीच तनहुँ क्षेत्र नं २ का कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री शंकर भण्डारी र प्रदेश सभा २ का उम्मेवाद ध्रुव वाग्लेले पनि मतदाता भेटघाट तथा चुनावी प्रचारलाई तिव्र बनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप