बाँकी जीवन जिल्लाका लागि दिन्छु : रामचन्द्र पौडेल
तनहुँ–नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेवार रामचन्द्र पौडेलले अवको बाँकी जीवन जिल्ला र गाउँका लागि खर्चिने बताएका छन् । हालसम्म आफु देशको राष्ट्रिय राजनीति सम्हाल्न व्यस्त रहेकोले जिल्लामा ध्यान नपुगेको स्वीकार्दै यो चुनावपछि जिल्ला र गाउँको विकास तथा स्तरउन्नतीका लागि कृयाशिल हुने बताएका हुन् ।
गाउँ–गाउँमा विस्तारै विकासका पुर्वाधार निर्माण भएपनि शहरको तुलनामा गाउँको विकास कम भएको पौडेलको भनाई छ । शहरमा रहेका जनताहरुलाई गाउँमै र्फकाउने अभियानमा आफु लागेको पनि पौडेलले बताए । पौडेल विगत एकसातादेखि तनहुँुका मतदाता फकाउन आफ्ना सहयोगिका साथ घरदैलो तथा चुनाव प्रचारमा व्यस्त छन् ।
यसैवीच तनहुँ क्षेत्र नं २ का कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री शंकर भण्डारी र प्रदेश सभा २ का उम्मेवाद ध्रुव वाग्लेले पनि मतदाता भेटघाट तथा चुनावी प्रचारलाई तिव्र बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान