शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको आयो यस्तो प्रतिक्रिया

बुधबार, २९ कात्तिक २०७४, ११ : ११
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेकोमा आपत्ति जनाएका छन् । 
अध्यक्ष दाहालले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेर संविधानको भावना विपरित अघि बढिरहेको आरोप समेत लगाए । 
 चितवनमा स्थानीय संचारकर्मीमाझ उहाँले बुढिगण्डकी जलविद्युत आयोजना चीनलाई निर्माण गर्न दिने आफू नेतृत्वको सरकारको निर्णय खारेज गरेबाट सरकार मुलुकको आर्थिक समृद्धि र विकासको बाधक बन्न गएको पुष्टि भएको दावी पनि गरे । 
दाहाल नेतृत्वको सरकारले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो ।

अध्यक्ष दाहालले मुलुकमा अप्ठयारो परिस्थिति आउन नदिन सरकारबाट हट्ने निर्णय नलिएको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप