यौन दुदुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ
सिरहा–जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।
पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकृत राजन भेटवलले बताए ।
पीडित छात्राले परिवारलाई शिक्षक महतोले आफूलाई यौन दुरब्र्यबहार गरेको सुनाएपछि अभिभावकले सोमबार विद्यालयमा उजुरी दिएका थिए । अभिभावकको उजुरीपछि मंगलबार स्थानिय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो सहितको उपस्थितिमा घटनालाई मिलाउन प्रयास गरेपनि असफल भएको छ ।
घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ ।
पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत चोहर्वा सडकखण्डमा एकघण्टा चक्काजाम समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?