बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवार आक्रमण गर्नेमाथि कारबाहीको माग

बुधबार, २९ कात्तिक २०७४, १० : ५२
बुधबार, २९ कात्तिक २०७४

भोजपुर–माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दुर्गा राईले भोजपुरमा मंगलबार पूर्वमन्त्री शेरधन राईमाथि भएको बम हमलाको विरोध गरेकी छन् । 
प्रतिनिधिसभाको समानुपातिक उमेद्वार समेत रहेका राईले बुधबार विज्ञप्ति प्रकाशन गरेर आक्रमणकारीलाई कारबाही गर्न माग गरेकी छन् ।

विज्ञप्ति मार्फत राईले वामपन्थीको साझा उमेद्वार शेरधन राईको हत्या गर्ने उदेश्यले भएको आक्रमण जति विरोध गरेपनि अपुरो हुने उल्लेख गरेकी छन् । 

उनले भोजपुरमा शेरधन राई, रोल्पामा माओवादी केन्द्रका नेता बर्षमान पुन, रुकुममा जनार्दन शर्मा लगायतका नेताहरुलाई आक्रमण गर्ने आक्रमणकारीहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न 
सरकारलाई आग्रह गरेकी छन् । 

उमेद्वारहरुको हत्या गरेर निर्वाचन भाड्ने देशी विदेशीहरुको षड्यन्त्रविरुद्ध विचलित नभई सवैले निर्वाचनमा लाग्नुपर्ने पनि राईले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप