शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुस सुन्तली फाउन्डेशनलाई फिनल्याण्डबाट सहयोग

बुधबार, २९ कात्तिक २०७४, १० : ४९
बुधबार, २९ कात्तिक २०७४

हेल्सिन्की– फिन्निश नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निशनेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
फिन्निश नेपाली समाज र एनआरएनएको अलावा नेपाल फिनल्याण्ड हातेमालो नेटवर्क, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसन, तुर्कु नेपाल एसोसियसन, सुओमी नेपाल सेउरा र सन्जाल रेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो । 
समाजका कोषाध्यक्ष मुकुन्द भण्डारी सहित एनआरएनए आईसिसि सदस्य तथा एनआरएनए फिनल्याण्डका निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसनका राजेश राई र सौरभ ढुङ्गानाले संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल “धुर्मुस”लाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम बुझ्दै कट्टेलले संघ सँस्था र सम्पुर्ण फिनल्याण्डमा बसोवास गर्नुहुने सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप