बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

बुधबार, २९ कात्तिक २०७४, १० : ०७
बुधबार, २९ कात्तिक २०७४

ओप्पो मोवाइलले नेपाली बजारमा नयाँ मोडल ओप्पो एफफाइभ सार्वजनिक गरेको छ ।

पुरानो ब्रान्ड स्लोगनलाई नेपाली बजारमा प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले सेल्फी एक्सपर्ट एन्ड लिडर मा परिस्कृत गरिएको घोषणा कम्पनीले गरेको छ ।

विश्वका ३० मुलुकमा उपस्थिति रहेको ओप्पोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोडभन्दा बढी युवा उपभोक्ताले उपयोग गरिरहेको कम्पनीले जनाएको छ ।

एफएचडी प्लस फुलस्क्रिन 
ओप्पो एफफाइभ नेपाली बजारमा ब्रान्डकै पहिलो एफएचडी प्लस फुलस्क्रिन डिस्प्ले मोडल हो ।

यसमा अत्याधुनिक एआई ब्युटी सेल्फीमा रहेका व्यक्तिका लागि ब्युटिफिकेसन उपलब्ध गराउने प्रविधि राखिएको छ । यसले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नयाँ आयाम प्रदान गर्ने कम्पनीको दाबी छ ।

ओप्पो नेपालका लागि प्रमुख कार्यकारी अधिकृत बबी झाओका अनुसार, एआई ब्युटी प्रविधि सुसज्जित सेल्फी एक्सपर्ट एन्ड लिडर ओप्पो एफफाइभले सबैको माग तथा आवश्यकता पूर्ति गर्नेछ ।

के हो एआई ब्युटी प्रविधि ?
यस प्रविधिले ग्लोबल डाटाबेसअनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । २ सय भन्दा बढी फेसियल रिकग्निस स्पट्ससहित खिचिएको तस्विरलाई ग्लोबल डाटाबेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेरलगायतका आधारमा पहिचान गर्छ ।

क्यामेरा
यसमा अल्ट्रा सेन्सेटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सरसहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । क्यामेरालाई अधिक सूचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत आवाज न्यूनीकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ ।

फ्रन्ट क्यामेरा पोर्टेट मोडले हरेक सेल्फीको पृष्ठभूमिलाई आकर्षक तरिकाले खिच्न सघाउँछ । फोनमा रहेको १६ मेगापिक्सेलको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दाबी छ ।

हत्केलामा आरामदायी अनुभव
एफफाइभ ओप्पोको पहिलो ६ इन्च एफएचडी प्लस फुलस्क्रिन डिस्प्ले उपकरण हो । यसले सिक्रनको आकारमा बृद्धि नगराई प्रयोगकर्तालाई जीवन्त दृश्यको अनुभूति प्रदान गर्छ । 

फोनमा १८:९ एसपेक्ट रेसियोसहितको उच्च रेजोल्युसन २१६० गुणा १०८० डिपिआई स्क्रिन जडान गरिएको छ । फोनको आकार स्लिम हुनुका साथै हत्केलामा आरामदायी अनुभवसमेत प्राप्त हुन्छ । 

अन्य विशेषता
फोन अनलक गर्न सजिलोका लागि फेसियल अनलक सुविधा उपलब्ध गराइएको छ । ४ जिबी र्याम प्लस ३२ जिबी रोमसहितको ओप्पोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको एफफाइभले प्रयोगकर्तालाई सहज प्रयोग अनुभव प्रदान गर्छ । 
ब्लुटुथका तुलनामा सय गुणा तीव्र गति क्षमतासहितको ओ सेयर फाइल सेयरिङ प्रविधि पनि रहेको छ ।

कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी बुद्ध लामा, निशान भट्टराई र प्रताप दाससमेत सहभागी थिए । नयाँ ओप्पो एफफाइभमा समाहित गरिएको एआई प्रविधिबाट निकै प्रभावित भएको उनीहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप