शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिले सधैं ठगिएको 'सप्तरी' कसरी  ?

बुधबार, २९ कात्तिक २०७४, ०७ : २४
बुधबार, २९ कात्तिक २०७४

भारतीय सिमानासंग जोडिएको सप्तरीको दक्षिणी भेग प्रतिबन्धित कालमा नेपाली काग्रेसका नेताहरुको भुमिगत बास स्थल सेल्टर हुने गथ्र्यो । 

दक्षिणी भेगका तिलाठी , कोईलाडी, बेल्ही भन्सा, छिन्नमस्ता लगायतका क्षेत्रमा बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेरलगायतका ठुला कांग्रेसी नेताहरु महिनौं बिताउने गर्थे । 

कांग्रेसको रणनीतिक निर्मादेखि कार्यकर्ता परिचालनसम्म यसै क्षेत्रबाट हुने गरेको पुराना कांग्रेसजनको भनाई छ ।,

आजको नागरिक दैनिकमा यो खबर छ, लामो संघर्षपश्चात मुलुकमा बहुदल आयो प्रजातन्त्र आयो, कांग्रेस पनि सत्तामा आयो तर न त आन्दोलनका क्रममा सर्वश्वसहित आफ्नो अमुल्य जीवन दिनेहरुले केही पाए न त समग्र सप्तरीको विकासका लागि केही गर्न सकियो । 

न सडक छन् न स्वास्थ्य शिक्षा रोजगार, कुलुककै पुराना सडकमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौंदेखि जीर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप