बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुस भित्र ललितपुरलार्इ फोहरमुक्त जिल्ला घोषणा

मङ्गलबार, २८ कात्तिक २०७४, २१ : ४७
मङ्गलबार, २८ कात्तिक २०७४

ललितपुर – ललितपुर जिल्लालार्इ पुस भित्रमा फोहर मुक्त जिल्ला घोषणा गरिने भएको छ । मङ्गलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा रहेका गाउँपालिका, नगरपालिका र महानगरपालिकालाइ मङ्सिर भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा र पुसभित्र जिल्लालाई फोहोर मुक्त शहर घोषणा गर्ने जानकारी दिइएको हो । 

जिल्लामा तीन गाउँपालिका, दुई नगर पालिका र एक 

महानगरपालिका रहेका छन् । कार्यक्रममा जिल्लामा सरसफाइको अवस्था, गाउँपालिकामा चर्पी निर्माणको अवस्थाबारे जानकारी दिइएको थियो । खुल्ला दिशामुक्त घोषणा गर्न धेरै वाँकी नरहेकोले मङ्सिरभित्रमा त्यो पूरा हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए । हामी जिल्लामा छिटो सरसफाइ कायम राख्न कोसिस गरिरहेका छौं, पौडेलले भने । गाउँपालिका, नगरपालिकामा चर्पी निर्माण र सरसफाइ गर्न सम्बन्धित निकायलार्इ निर्देशन दिइएको छ ।

कार्यक्रममा खुल्ला दिशा मुक्त गाउँ घोषणा गर्न प्रक्रिया पुगेको खोकना, ठुलादुर्लुङ र नगरपालिकाका केही वडालाइ अनुमती दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय ललितपुरका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।

जिल्लाभर चर्पी निर्माणका लागि तीव्रता दिइए पनि सरसफाइमा शहरी क्षेत्रमा समस्या देखिएको पौडेलले बताए । २०६७ सालमा जिल्लामा तत्कालीन दलचोकी गाविसबाट सुरु गरिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम भुकम्पका कारण रोकिएर ढिलाइ भएको हो । 

जिल्लाभर खानेपानीको अवस्था सुधार हुँदै गएपनि कतिपय गाउँमा अझै पनि पिउने पानी पुर्यार्उन समस्या भएकोमा त्यसको ब्यवस्थापन गर्न गाउँपालिका, नगरपालिका र महानगरपालिका सङ्ग समन्वय भइरहेको डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।

जिल्लालाई फोहरमुक्त घोषणा गर्न त्यति सहज नभए पनि असम्भव नभएको उनले बताए । चुनौती धेरै छन्, हामी सङ्ग समय धेरै छैन तै पनि सबै सरोकारवाला निकाएले काम गरे सम्भब छ हामी पुसभित्र जिल्लालाई खुल्ला दिशा मुक्त र फोहरमुक्त शहर घोषणा गर्छौ’,पौडेलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप