बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डेगुँ नियन्त्रण गर्न बर्दिवासमा ‘फगिङ्ग’

मङ्गलबार, २८ कात्तिक २०७४, २१ : १४
मङ्गलबार, २८ कात्तिक २०७४

निकेश खनाल 
बर्दिवास – महोत्तरीको बर्दिबासका विभिन्न अस्पतालमा  मंगलबार दिउँसोसम्म ६ सय ५५ जना डेंगुका बिरामी भेटिएका छन् । एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोग असोजको पहिलो हप्ताबाट फाट्ट फुट्ट रुपमा देखा परी अहिले ठुलो माहामारीको रुप लिई फैलिएको छ ।


 रोग नियन्त्रण गर्न बर्दिबास नगरपालिका, महोत्तरी स्वास्थ्य कार्यलय र सरोकारवाला निकाय सचेत देखिए पनि रोग नियन्त्रण गर्न असफल भएको छ ।
 त्यसैगरी जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीले एडिस लामखुट्टे मार्न सोमबार दखि बेलुकाको समय पारेर मालाथिन र डिजेलको फगिङ्ग गर्न सुरु गरेको छ ।

 

बर्दिबासको भोला बसन्त चोकबाट  थालिएको फगिङ्ग सडकमा गरिने  भएको छ । यसबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती र श्वासप्रस्वासको रोगीलाई  विशेष असर गर्ने भएकोले सचेत रहन र माक्सको प्रयोग गर्न  जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीका जनस्वास्थ्य निरीक्षक संतोष कुमार ठाकुर सल्लाह दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप